~गगन बिरही~
सोँच्दै छु,
हामीमाथिको बादल
विलीन भइदिए पनि हुन्थ्यो
पानी पानी भएर कतै बगिदिए पनि हुन्थ्यो
तर बिलीन भइदिन पनि
समय चाहिँदो रहेछ
पानी भइदिन पनि
समयसित साउती गर्नुपर्दौ रहैछ
सिउँडीको काँढा होइन बादल
जसलाई छुन सकिराखैको छैन
र पनि-
क्षितिजको फ्रेमभित्र कैदी त्यो बादल
हेर्दै म साईत पर्खिरहैकौ छु
कैदी त्यो बादल
जसलाई अपहरण गर्न
म अस्तित्व बेचिरहेको छु ।