~लीला पुन~
तेलजिब्रे नेताहरूले तेलारी
काम गरेपछि
आफ्नो स्वार्थका लागि
विदेशीको पाउ मलेसी
केही दिन, केही महिना, केही वर्ष
मस्ती गर्न पाइन्छ, आफ्नो घर पोलेसी
तिमी तेलजिब्रेहरूलाई
बल्ल थाहा होला, देशै जलेसी
अझै ढाँट जेठको चौध गते
कति ढाँट्छौ ?
अझै साट देशको अस्मिता
कति साट्छौ ?
सिङ्गो देशलाई खन्डित बनाउँदैछौ
देशभित्र आगो सल्किरहेको बेला
तिमी ऐसआराममा रमाउँदैछौँ ।
रमाउन त रमाऊ, विचार गरी रमाऊ,
कमाउन त कमाऊ, विचार गरी कमाऊ
कुर्सी समाउन त समाऊ, विचार गरी समाऊ
अब, जनताले तिमीहरूलाई
पूmलको माला र अविरले
स्वागत गर्ने छैन
देश जलिरहेको बेला रमिते हुने छैन
बन्दुकको नालभित्र बारूद भर्दै
साँखे ढुङ्गाको गोली बनाउँदै
को हो ? यो देशको दुश्मन
एकएक गरेर थम्याउँदै
नयाँ वादशाहको पिछा लाग्दै
त्यतैतिर बन्दुकको नाल सोभ्mाएर
फायर गर्नेछन् नयाँ विद्रोहको
सत्यलाई शीरोधार्य गर्दै
विरोध हुनेछ कुरूपताको
फेरि नयाँ युगको नयाँ पालुवा
जनताको माझ पलाउनेछ
त्यो नयाँ पालुवाले नयाँ नेतृत्व गर्नेछ
यो देशमा वनमानुषको
राज चलाउनेलाई
सधैसधैका निम्ति खेद्नेछ ।
– खवाङ, प्युठान
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २४ – May 1, 2013 – २०७० बैशाख १७ गते, बुधबार)