~लक्ष्मी बिष्ट~
भनौँ भने, कसलाई सुनाऊ–मुटुभित्रको पिडा यो
देख्नेले नै, लगिदिए–जीवनको पल(खुसी) त्यो
यही पल्लो कुनामा, ढुकी बस्ने–जन्जिरले
फर्काइदेऊ, बिन्ती गर्छु–जीवन भरिकै मसी त्यो
थाम्न सके, जिन्दगीकै मृत्युवरण यहाँ–सरीराछ
फर्कादेउ, हस्तलिखित डायरी–मलाई नै कुरे जस्तै लाछ
झट्ट हेर्दा, कापी नै त्यो–बटुली ल्याउँदा कविता
वाचन गर्नेलाई, के थाहा मेरा भावना–त्यो जिन्दगीका
त्यसैले त, खोजीराछु–महसुसको क्षण
एक पल हाँस्न परे मुटु, चाहिन्छ
जीवन जिउन हरपल साथी चाहिन्छ
मलाई, मेरै–भावनाका टुक्रा चाहिन्छ
फर्काइदेऊ, निष्टुरी त्यो–तितो,मिठो सपनै चाहिन्छ
यथार्थ मै, छोइयो धर्ती–बाँकी मेरो सपना
नमन गर्छु, मलाई मेरै–वेदनाकै चाहाना
रमाउनै सिके, खुसी अनि– भेटे छायाँ तिनैमा
जसले लगेको छ, फर्राकिदेउन–मेरो मनको ताना
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )