~अमृत सिङ थिङ~
हामी परदेश आ’को रहरले हैन
गाउँले जाऊ भन्या हो शहरले हैन
यती धेरै माया गर्छु कसरी देखाऊ
माया मुटुले गर्ने हो नजरले हैन
तिमी होचो भएकोमा गुनासो नगर
जे गर्छ दिमागले हो शरीरले हैन
आमा मलाई ठूलो नोट दिदै नदिनु
चक्लेट रुपैयाले किन्छु हजारले हैन
तिमी ठूलो भएकोमा घमण्ड नगर
आलु चक्कुले काट्छ तरबारले हैन
अमृत सिङ थिङ
महाभारत गाउँ पालीका ,
बनखु , काभ्रे
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )