कविता : तिम्रो समाजवाद !

~जीवनस्पर्शी~

जब म देख्छु
आज पनि जताततै
गाउहरुमा ,बस्तिहरुमा
ढल्न लागेका
कतै टेको लगाइएका
खुइलिएका
लतृएका
बूढो रुखझै
आस्थाका मनहरु
मलाइ लाग्छ तिम्रो समाजवाद
अझै टाढाको कुरा हो ।

जब म भेट्छु
आज पनि जताततै
शहरका रेस्टुराहरुमा, बारहरुमा
किस खादै गरेको एक साथ
ह्विस्कीका बोतलहरु र
लेनिनका किताबहरुलाइ
सुहाग रातको पहिलो पल
अनि होस गुमाएका पुरुषहरुझै
क्रान्तिका सिपाहीहरु
मलाई लाग्छ तिम्रो समाजवाद
अझै टाढाको कुरा हो ।

जब म सुन्छु
आज पनि जताततै
हेड्क्वार्टरहरुमा, युद्धका कमान्डहरुमा
झन झन पातलो
दम बिनाको झिनो
खियाउटे, सुकुटे
बेसाहारा, लुरे
कुपोशित बच्चाको आवाजझै
चे ग्वेभाराका स्वरहरु
मलाई लाग्छ तिम्रो समाजवाद
अझै टाढाको कुरा हो ।

– जनकपुर

(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.