~भुपाल गुरागाइ~
उकाली र ओराली गरियो कति
भिर पाखा देउराली धाइयो कति
खरबारिको पाखामा घाँस काट्न जादाखेरी
सुसेली मारी तिमिलाइ बोलाइयो कति
अभाव को खड्कोले सताउदा कैले काहीँ
अर्म-पर्म अैचाे-पैचाे चलाइयो कति
पालम सेलो दोहोरिको चढेसी मोह
मेला पर्व उत्सवमा पुगियो कति
कतै सुन्दर सन्सारको देखेपछि सपना
भौतारिदै-रुमलिदै शहर कुदियो कति
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )