~अमृत सिङ थिङ~
मलाई मेरै हालतमा छोडेर तिमी जाऊ
केही हुन्न बाचा कसम तोडेर तिमी जाऊ
म परदेशमा भएको बेलामा जाँदैछौ रे
खर्च नहोला सन्दूक फोरेर तिमी जाऊ
यहाँ प्रेमिका भुल्न पिउनेहरु धेरै देखेँ
अरु पनि एक गिलास भरेर तिमी जाऊ
सँगै जिउन सकिन्छ तर सँगै मर्न सकिन्न
घाट सम्म सँगै मलामी बनेर तिमी जाऊ
अमृत सिङ थिङ
महाभारत गाउँ पालीका ,
बनखु , काभ्रे
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )