~होमर श्रेष्ठ~
आफूलाई एक्लै कोठाभित्र थुनेर उनी मनोवाद गर्दैथिए: “कुनै समय कोपर्निकस र कोलम्बसका खोजकार्यलाई वाहियात र मूर्खतापूर्ण ठानिएको थिएन र ? अनि कतिपय टपर्टुइँयाका श्वाँठ र सतही बिचारलाई शाश्वत मानिएको थिएन र ? तर आज कता हराए इतिहासका ती बज्रस्वाँठहरू ? खोई, कता विलोप भए ? यस्तो पनि त हुनसक्ला— आजका कतिपय मान्छले स्वाभाविक र उत्कृष्ट ठानेको जीवनशैली भोलि अस्वाभाविक र निकृष्ट होस् ।…”
गुरुका आँखामा आँसु टल्पलाइरहेको थियो । उनी ऐनामा हेर्दै बोलेः “रुनु सुहाउँदैन यो वृद्ध अवस्थामा ! हाँस्दा पीडा हुन्छ मर्ममा !!” त्यसपछि, उनी कति जोरस्वरले हाँस्न थाले भने कोठाका झ्यालढोकाहरू समेत उनको अट्टहाससँगै थर्थराउन थाले । उनी एकाएक टक्क रोकिए… सिलिङतर्फ हेरेर क्षणभर गम खाए— “तर शिक्षक कदापि एक्लो हुन सक्तैन ।”
(स्रोत : फेसबुकको ‘लघुकथा कुनो’ समूहबाट )