~रमेश भट्टराई ‘सहृदयी’~
ढकमक्क फूल्यो गुराँस त्यो पारीको वनमा
माया गहिरो सान्नानीको तर राख्ने मनमा
खोला पारी न्याउली बास्ने खोलावारी कोइली
डाकिरह्यो अँधेरीले हुन्न शान्ति तनमा
सुसाउँदो मस्र्याङ्ग्दीले बाटो खोज्दै हिँड्यो
माया भए पुग्छ मनमा लोभ हुन्न धनमा
गोठाला दाइ गुन्द्रुक ढिँडो मान्छन् कति मीठो
शहरिया माया झुटो बाँचिन्न भाे जलनमा
घडी चरो बिहानीमा बास्छ फुर्ति जगाएर
स्वतन्त्र होस् जीवन हजुर बाँच्दिन बन्धनमा ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )