~लक्ष्मी बिष्ट~
हाँसिरहनु सधै भरि, तिमीलाई हाँसो सुहाउछ ।
संगाली राख्नु इच्छा सधै, जीवन सुमघुर बढाउँछ ।।
लानु के नै छ र? जल्नु नै छ यस धर्तीमै खुलेर ।।
संघर्षमय जीवन रोज्नु पर्छ, बाटो आफै छानेर ।।
सँजाइ राख सधै, शिरमा स्वाभिमान सुहाउँछ ।
नखानु हरेश कहिल्यै, मान्छे हो ईमान सुहाउँछ ।।
खोज्नु पर्छ हराएका खुसीहरु, जुनेलीमा पलाउँछ ।
मुस्काउँछे रे हरपल, कल्पनाको भुमरीमा पौडिदा ।।
झुल्किएर अस्ताएको, घाम जस्तो रहेछ जिन्दगी ।
हिड्दै जाउँ, संघर्षको अर्को नाम रहेछ जिन्दगी ।।
दुःख–सुःख, समयको खेल सम्झेर ।
बाँच्नु नै ठूलो रहेछ यहाँ, सारा जगतमै रमाएर ।।
त्यसैले त भन्छु, नेपालीको शिरमा सगरमाथा सुहाँउछ ।
सधै हाँसी–खुसी रहनु, अनुहारमा मुस्कार सुहाउँछ ।।
सच्चा एक नेपाली हो, ईमान सुहाउँछ ।
जे जस्तै भए पनि, तिमी हाँसे धर्ती जग्मगाउँछ ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )