~दीपा ढकाल~
जब दुई मन र मुटु छुटिने बात आउँछ
समर्थन गर्न अपाङ्गको पनि हात आउँछ
धनिहरुले गरिवलाई च्यापिरहे पैतालाले
सोचेनन कहिल्यै दिन ढलेपछी रात आउँछ
निस्वार्थ गरिन्छ प्रेम भन्छन भन्नेहरु
तर किन अधिकांश परिणाम घात आउँछ
थाहा छैन के छ तिम्रो त्यो रुपमा, जवानिमा
सम्झन्छु यसै यसै लाज आउँछ उन्मात आउँछ
चिथोरी रहन्छ टोकिरहन्छ यो पैसाले सधैभरी
अचम्म लाग्छ यस्को न नङ्ग्रा आउँछ न दात आउँछ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)