~कमल बाबुरो~
असारको भेल संगै रमाउने दिन
रमाउदै असारे गित घन्काउने दिन
मेलापात परीमले रोपाइ गर्ने खेतमा
परकाले वरकालाई सघाउने दिन
भए खुसी सबै रोप्ने आज दिनमा
रमाउदै हिले आली लगाउने दिन
कतै बिउ गुगेनरे कतै हिलो भएनरे
मिठा मिठा परिकार पकाउने दिन
मिलाई खेत रोप्ने हाम्रो दिन आयो
मानो खाई मुरी भोली उब्जाउने दिन
(स्रोत : रचनाकारको ब्लगबाट सभार)