गीत : ए फूल ए वसन्त

~राममान “तृषित”~Dr. Ram man 'Trisit'

ए फूल ए वसन्त यसरी न पिछा गर्नु
फुर्सद त दिनु पलभर रोएर सुखी बन्न
ए फूल ए वसन्त

पंक्षिको मिठो गाना तर श्राप यहाँ बन्छ
सन्ध्याको हावा शीतल मन पोल्ने व्यथा दिन्छ
धर्तीको सुखी ए फूल क्षणभर त दया गर्नु
फुर्सद त दिनु पलभर रोएर सुखी बन्न
ए फूल ए वसन्त

प्रकृतिको हरा जीवन जीवनको चिता बन्छ
मृत्‍युको प्रतीक्षामा दिन व्यस्त सदा हुन्छ
हे रात तिमी आज बिश्राम यही गर्नु
फुर्सद त दिनु पलभर रोएर सुखी बन्न
ए फूल ए वसन्त

शब्द : राममान त्रिशित
सङ्गीत \ स्वर : नातिकाजी श्रेष्ठ

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.