गीत : एक रात मान्छेदेखि मान्छे

~जितेन्द्र बर्देवा~

एक रात मान्छेदेखि मान्छे हराई कालो रातमा प्रेतात्माझैँ
सिम्सिमे पानीमा भिज्ने बिचरा त्यो को होला
कुकुर भुक्ने स्याल रुने सम्सानको बाटोमा
एउटा मान्छे जवानीमै बहुला हुने को होला ?

उसले आफ्नो दुनियाँ उसले आफ्नो खुसीहरू
कसलाई अर्पिदिएछ कि कसले खोसिदिएछ कि !
एक्लै रुने एक्लै हाँस्ने कसको बरदान त्यो होला ?
एक रात ……..

भोक तिर्खा लाग्न सम्म उसले बिर्सिसकेको छ
को आफ्नो को अर्को उसले आफैलाई बिर्सेको छ
खोक्रो जीवन चेत भइसक्यो प्राण केमा अल्झेको छ ?
एक रात ………

शब्द , सङ्गीत तथा स्वर : जितेन्द्र बर्देवा

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.