~किरण खरेल~
आजभोलि किन हो तिमी
सपनामा देखिन छाडेकी – 2
सँगै बसी गरेका कुर
होकी खाली मलाई ढाँटेकी – 2
सपनामा तिमीलाई देख्छु सधैँभरि
जाने बेला भनिगयौ माया गरिगरी
कति नीद बितिसके तिमी भने आइनौ
कुहिरोको घुम्टो खोली सरमले च्याईनौ
आजभोलि ………………..
बालकको खेल्ने घर हाम्रो प्यार हैन
जति जाऊ तिमी पर बिर्सने म छैन
सितलाई सुस्ताएझैँ फुल छातीमाथि
तिमीलाई सम्झेको छु मैले मेरै साथी
आजभोलि …………………….
शब्द : किरण खरेल
सङ्गीत तथा स्वर : शिवशङ्कर