~विक्रम सुब्बा~
हार्डभार्ड विश्वविद्यालयका राजनीतिक शास्त्री सामुएल पी. हन्टिङटनले The Third Wave: Democratization in the Late Twentieth Century शिर्षकमा एउटा लेख लेखे जुन उनको १९९१ को पुस्तकमा पनि राखियो । हन्टिङटनले १९ औँ सताब्दीदेखि आइरहेका प्रजातन्त्रका लहरहरूलाई हेर्ने र निकट भविश्यमा त्यो लहर कस्तो होला भनेर हेर्ने एउटा Frame स्थापित गरे । उनका अनुसार प्रजातन्त्रका लहरहरू निम्नानुसार आए र आउँनेछन् ।
१। १९ औँ सताब्दीमा अमेरिकाका राष्ट्रपति एन्ड्रु ज्याक्शन र उनका समर्थकहरुले मिलेर (१८२८ तिर) ‘सर्वसाधारण जनताको निम्ती महान प्रजातन्त्र’ भन्ने सिद्धान्त निकाले । जुन सिद्धान्त अमेरिकाका केही पुस्ताका निम्ती विश्व दृष्टिकोण नै हुन पुग्यो । यही सिद्धान्तले गर्दा अमेरिकाको ‘सिविल वार’ नै चल्यो जसले काला जातीको मुक्तीको वकालत गर्यो र अमेरिकाको राजनीतिले (दाशका रुपमा रहेका काला जातिको अधिकार समेत खोज्ने) नयाँ स्वरुप ग्रहण गर्यो । जसका कारण रिपब्लिकन-डेमोक्रेटिक पार्टीबाट ‘डेमोक्रेटिक पार्टी’को समेत जन्म भयो । यसलाई ‘ज्याक्शन युग’ पनि भनिन्छ । अमेरिकाबाट चलेको यो अपहेलितहरुको निम्ती डेमोक्रेसीको पहिलो लहर (१९२२ देखि १९४२) धेरै मुलुकहरूमा फैलियो जसले २९ सामन्ति मुलुकहरूमा ‘डेमोक्रेसी’ ल्याईदियो भनिन्छ । तथापी १२ मुलुकहरूमा प्रतिक्रान्ति भए र फेरि राजाहरुले प्रजातन्त्र खोसे ।
२। प्रजातन्त्रको दोस्रो लहर दोस्रो विश्वयुद्धपछि २० वर्ष चल्यो । जसले (१९६२ सम्म) मा ३६ मुलुकहरूलाई लपेट्यो । तर फेरि पनि केही मुलुकहरुमा प्रतिक्रान्ति भए र प्रजातन्त्र खोसिए र ३० देशहरूमा (१९६२ – १९७० सम्ममा) मात्र प्रजातन्त्र कायम हुन सक्यो ।
३। प्रजातन्त्र खोस्ने र प्रजातन्त्र बहाल गर्न चाहने शक्तीहरुका वीच विश्वमा द्वन्द चर्किँदै गयो । जसले प्रजातन्त्रको तेस्रो लहरको पृष्ठभूमि तैयार गर्यो र १९७४ को पोर्तुगलको कार्नेशन क्रान्तिबाट फेरि प्रजातन्त्रको लहर उठ्यो । जसले लेटिन अमेरिका (१९८०), एशिया पेसिफिक (फिलिपिन्स, दक्षिण कोरिया र ताइवान) लाई (१९८६ देखि १९८८) लपेट्यो । यही लहरले सोभियत यूनियन रूस ढल्यो भने सहारा-अफ्रिकालाई पनि १९८९ सम्ममा प्रजातन्त्रको लहरले लपेट्यो । यो तेस्रो लहरले १०० भन्दा बढि मुलुकहरुमा प्रजातन्त्रलाई बहाली गरिदियो । तेसो त यी नयाँ मुलुकहरूमा प्रजातन्त्र आयो मात्र । त्यहाँ प्रजातान्त्रिक सँस्थाहरु स्थापनै भएका थिएनन्, पार्टीहरूभित्रै प्रजातन्त्रलाई सन्चालन गर्ने क्षमता र अनुभव थिएन । जसले जे जे बुझे त्यहि गर्दै आफ्नो कामलाई नै ‘प्रजातन्त्र’ भन्न थाले । परिणाम स्वरुप फेरि समाजका छट्टुहरुले फायदा लिने तर सर्वसाधारणको निम्ती प्रजातन्त्र आकाशको फल नै हुन थाल्यो । प्रजातन्त्रवादीहरू नै सत्ता हातमा लिएर सबैभन्दा भ्रष्ट हुन थाले । कतिपय मुलुकमा प्रजातन्त्रकै नाममा सेनाहरुले शासन हातमा समेत लिएर भ्रष्टाचार गरिरहेछन् ।
४। Arab Spring या Arab revolutions या Democracy Spring नामक प्रजातन्त्रको लहर (२०१०) उग्र (हिंसात्म र अहिंसात्मक) रुपमा उठ्यो जसले उत्तर अमेरिका, मध्य-पूर्वका मुलुकहरुलाई लपेट्यो र केही तानाशाहहरु ढले । राजनीतिका विश्लेषकहरुले यसलाई प्रजातन्त्रको चौथो लहर भनिरहेछन् । यो चौथो लहरमा डिजिटल तथा सोसल मीडियाले पनि क्रान्तिको निम्ती धेरै योगदान गर्यो भनेर सबैले स्वीकार गरे । अहिले त्यही Arab Spring को लहर चलिरहेछ जुन क्रान्तिमा ईन्टरनेट (सोसल मीडिया लगायत नेटहरू)को ठूलो भूमिका रहँदै आएकोछ । अहिलेको प्रजातन्त्रको लहरलाई थुनछेक गर्न खोज्ने परम्परागत शैलीवालाहरूलाई ‘डिजिटल मीडिया’ मार्फत प्रजातन्त्रको लहर सृजना गर्नेहरुले हायलकायल पारिरहेछन् । यसको उल्लेख्य उदाहरण सामुन्ने आइसके । जस्तै ‘विकी लिक्स’ र ‘पनामा पेपर्स’हरूले अनेकौँ मुलुकका ट्याक्स छलेर, भ्रष्टाचार गर्ने लाखौँ भ्रष्टाचारीहरूले लुकाएर बैँकमा राखेको रेकर्ड सार्वजानिक गरिदिए । अमेरिकाको राष्ट्रपति चुनावका बेला हिलरी क्लिन्टनको कम्प्युटरको गोप्य दस्तावेजहरु सार्वजानजिक गरेर चुनावमा हराई नै दिए । आज तानाशह र भ्रष्टाचारीहरू, काला बजारिया र सेटिङ मिलान कर्ताहरू बाहिर बाहिर ‘फेसबुक’ जस्ता सोसल मीडीयालाई ‘नपत्याएजस्तो’ गर्छन् तर भित्रभित्र थर्कमान भइरहेछन् । नरेन्द्र मोदीले अमेरिकामा जुकर बर्गसँग भेटमा भनेका थियो – ‘पहिले पहिले ४-५-७ वर्षमा जनताले भोट दिन्थे, जित्थे र नेताहरू ढुक्कै मनलागे गर्थे । अहिले फेसबुकले गर्दा हामीले दिनै चुनवा लड्नु परिरहेछ । यहाँ अहिले म फेसबुकका मालिक जुकर बर्गसँग कुरा गरिरहेछु उहाँ भारतमा मेरो ‘राम्रो’ वा ‘नराम्रो’ Scoring जसनता गर्न सुरु गरिसके । मैले बोलेका १-१ शब्दको मुल्यांकन गरेर Comment लिखिरहेछन् । यो वार्ताको अन्तमा जनताले मलाई ‘पास’ वा ‘फेल’को नतिजा सुनउँनेछन् । यसरी ‘फेसबुक’ले Direct democracy बहाली गरिदिएकोछ । प्रविधीले वास्तवमा क्रान्ति गर्छ ।‘
तर नेपालमा? ऐतिहासिक रुपमा हेर्ने हो भने – १। राणाहरुको हातबाट प्रजातन्त्र त खोसियो तर राजा त्रीभुवनलाई बुझाईयो; २। त्यसपछि फेरि प्रजातन्त्र त आयो चुनवामा बहुमत ल्याउँने पार्टीले सरकार त बनायो तर फेरि महेन्द्रले सबलाई थुनेर प्रजातन्त्रको घाँटी निमोठेर पञ्चायत लादे; ३) फेरि प्रजातन्त्रको लडाइँ चल्यो, प्रजातन्त्र आयो । नयाँ संविधान लेखियो तर टाउकोभन्दा माथि फेरि राजालाई राखियो; ४) मुलुकमा जनयुद्ध समेत चल्यो । राजाका सबै सन्तानै सखाप भए तर फेरि माईला राजाले सत्ता हातमा लिए र प्रजातन्त्र निरिह बन्न पुग्यो; ५) ठूलो जनआन्दोलन उठ्यो । माईला राजाले संसद पुनरबहाली गरे । चुनावै नलडी मुखको भरमा सांसद तोकिए र नयाँ संसद बन्यो । जनयुद्ध बाट चुनावै नलडी सिधै संसदमा समेत पुगे । जुन संसदले ज्ञनेन्द्रलाई दर्वारबाट खेद्यो । संविधान सभाको (२ पटक) चुनाव गरेर एउटा सन्सारकै महंगो किताब लेखे । जसलाई सन्सारको सबैबन्दा उत्तम संविधान भने । जुन संबिधानलाई जनताले “हाम्रो” भनेर अपनत्व ग्रहण गरका छैनन् । किनभने यो नयाँ संविधानले हरेक पार्टीका सैयौँ मानिसहरूलाई ‘नयाँ राजा’ बनाएकोछ । अहिले स्थानिय तहको चुनाव मार्फत राजाले जस्तै जनतालाई चुस्ने ‘लोकल राजा’हरू गाउँ-गाउँमा पुर्याउँने काम गरेकोछ । तर ‘ज्ञानेन्द्रलाई नारायण हिटीको राजगद्दीबाट लखेटने नेपाली जनताले यी नयाँ तथा लोकल राजाहरुलाई पनि लखेट्नेछन‘ भन्ने कुरा यिनले बिर्सेकाछन् । राजा ज्ञानेन्द्रले ‘अति’ गर्दा मेरा कवि मित्र वूँद रानाले लेखेको गजलको हरफ यही बेला समझि रहेछु –
अति भए खती हुन्छ बुझे हुन्थ्यो माइलोले
खतिभए कति हुन्छ? बुझे हुन्थ्यो माइलोले…
विचार चोगे ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)