~कल्पना पौडेल ‘जिज्ञासु’~
सबै सिमाना ढाक्ने गरी तार लगाएर
बचाउँ हाम्रो मातृभूमि बार लगाएर
अन्यायका विरुद्धमा लड्दै अब हामी
छाड्नै पर्छ शोषकलाई पार लगाएर
जनताको सरकार बन्छ त्यतिखेर
जरै काटौँ सामन्तको मार लगाएर
गरिबका बुई चढी जसले देश लुट्छ
झुण्ड्याउँछन् खुर्सानीको खार लगाएर
– गैँडाकोट–४, नवलपरासी (हालः इजरायल)
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क १२ – Feb. 11, 2015 – २०७१ माघ २८ गते बुधबार)