~केशव गाहा ‘पाल्पाली’~
झुपडी सानो खरको छानो चुहिने बलेनी
सकेको छैन टिनले टाल्न जति नै गरे नि ।१।
गाह«ो छ सारै जीउन यहाँ दुःखीको जिन्दगी
बाँच्ने छ गाँठे तैपनि अझै कर्मले ठगे नि ।२।
उस्तै छ हाल घरको अझै अवस्था उस्तै छ
दामको खोजी गरेर देश–बिदेश पसे नि ।३।
कहिले हाँसो कहिले खुशी जिन्दगी यस्तै हो
नबिर्सै साथी नेपाल आफ्नो बिदेश रहे नि ।४।
बचपन काट्यौँ हुकिर्यौं यही दुःखसुखमा
यो देशलाई दिनु है माया थोरै नै भए नि ।५।
(स्रोत : हाँक विक्ली – वर्ष ३३, अङ्क ६ – Dec., 30, 2015 – २०७२ पौष १५ गते, बुधबार)