गित : तिमी फुलझै पहरामा

~जीवनस्पर्शी~

तिमी फुलझै पहरामा फुल्न सक्नु पर्छ
तिमी जुनझै अधेरीमा बल्न सक्नु पर्छ

जति जल्छ जल्न देउ दु:खको अगेनिमा
जति गल्छ गल्न देउ आसुको परेलिमा
जलेर तिमी स्पात बन्नु पर्छ
गलेर खरानीझै विस्फोट हुनु पर्छ

तिमी फुलझै ………
तिमी जुनझै ………

आधी आउछन हुरि आउछन आउछन छालहरु
जिन्दगीका हरेक मोडमा आउछन भेलहरु
तिमी भेलमा नाउजस्तै चल्न सक्नु पर्छ
तिमी फुलझै पहरामा फुल्न सक्नु पर्छ ।

तिमी फुलझै ……
तिमी जुनझै

-जीवनस्पर्शी
बर्दिबास

(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.