गजल : गीत गाउने चरी तिमी

~अर्जुन खनाल~

मिर्मिरेमा भाका हाली गीत गाउने चरी तिमी
सुकोमल सुकुमारी स्वर्गकी हौ परि तिमी

अलौकिक, अद्वितिय माया बर्साइदियौ
सुख्खा मन भिजाउने प्रेमरुपी झरी तिमी

सुवास र सौन्दर्यमा फूलसँग दाँजौं जस्ती
जाहि जुही, मखमली या हौ बाबरी तिमी

सवैथोक नासिएर, संसारनै सिध्दिए नि
‘अर्जुन’ को मुटुभित्र सधैं अजम्वरी तिमी ।।

Arjun Khanal
Dhaijan Jhapa

(स्रोत: तन्नेरी डट कम – Issue 11 – Kartik, 2062)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.