गजल : पँधेरीमा भेटौंला

~अमृत सिङ थिङ~

पानी पिउने वहानामा पँधेरीमा भेटौंला
तिमी धागो म तेल साथै अँधेरीमा भेटौंला

आउँदा जाँदा खेरी बाटोबाट सिट्ठी नफुक
मेला जाने निहुपारी खेत बारीमा भेटौंला

कसैले संका नगर्ने गरि सँगै बस्नुछ
वर-पिपल जस्तै सँधै चैतारीमा भेटौंला

जानी नजानी पनि औंँला चलाउने गर
तिम्रो ओठको स्पर्श लिन बाँसुरिमा भेटाैंला

अमृत सिङ थिङ
महाभारत गाउँ पालीका ,
बनखु , काभ्रे

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.