~लक्ष्मी बिष्ट~
रोड–रोडमा हिँड्ने, रोगी झैँ बनेर ।
कसैले चिन्दैन आज, फल्ना हो भनेर ।।
चित्कारलाई सोध्छु, बाध्यता हो भन्छ ।
समयलाई सोध्छु, बिवसता हो भन्छ ।
हिजोको मुस्कान, खै कता हरायो ? आज यो के देख्नु पर्यो
तिमीलाई साँझी राखी, सधै मुस्कुराउँन कालै पर्यो
दिनले भन्छ, एकैछिन त होनी, बोलेर जान्छु
तँलाई तँ भन्छ, अँधेरी रात, कोरेरै जान्छु
आकाश भन्छ, टाढा छु मत, हेरेर जान्छु
चौविसै घण्टा झेलेको छु, धर्ती भन्छ लुट्पुटाई लान्छु
यथार्थ यो जीवन खै के रहेछ, कुन्नी हेरेरै जान्छु
सदा–सदैव तिमीलाई नै सम्झी, मुस्कुराई रहन्छु
नपरोस बन्न, आँखाको हसिङ्गर आउने दिनमा
ने. आमा मन जित्न सके, छाउँनेनै छु नेपालीपन बोकी
हराउनेहरु हराउँदै जान्छन्, कराउने कराउँदै
तिमीले पनि नभने है शान्ति, यो भईछ मानसिक रोगी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )