कविता : तिम्रो जन्मदिन

~बिपना ढुङ्गाना~

कहालीलाग्दो बिगत सम्झिन्छु
आफु भोकै बसी परिवारको भोक टार्न
तिम्ले गरेका कयौं त्याग सम्झिन्छु
हेरक बिहानीसँगै टुटेका
तिम्रा स-साना इच्छा,आकङक्षा सम्झिन्छु
आमा,म हरक्षण तिम्लाई नै सम्झिन्छु ।

साथीहरूको आङ‌मा नयाँ कपडा देख्दा
गुनासो म गर्थे,मन भने तिम्रो दुख्‌ने गर्थ्यो
मलाई हास्दै किन्दिम्ला भन्थेऊ
फेरी किन एक्लै कुनामा गई रुन्थेऊ आमा??
हरेक अभाव खड्‌किए सँगै
नथामिएका तिम्रा आशुँ सम्झिन्छु
आमा,म हरक्षण तिम्लाई नै सम्झिन्छु ।

मेरो हरेक जन्मदिनमा
उपहार लुकाएर दिन्थेऊ
मेरो मुहारमा खुशी हेर्न
आफ्ना अनमोल, कति गहना बेच्यौ आमा??
अरूको घाँटीमा पहेलो सुन देख्दा
म तिम्रै बुच्चो घाँटी सम्झिन्छु
आमा,म हरक्षण तिम्लाई नै सम्झिन्छु ।

तिम्रा दबिएका इच्छा पुरा गर्न सकुँ
तिम्रै लागि लड्न सकुँ
रित्तो छ हात मेरो,
उपहार तिम्लाई के दिऊँ आमा
बरू तिम्रो लागि केही बन्न सकुँ
मायै-मायाले तिम्रो मन भर्न सकुँ
जन्मदिनको शुभकामना आमा।

बिपना ढुङ्गाना
म्याङ्गलुङ्-२, तेह्रथुम

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको ।)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.