~भुपाल गुरागाइ~
नमुना समाज मात्तिदै गयो ,के भयो खै आज
सुनसान रात मज्चिदै गयो ,के भयो खै आज
ती कान्छी दिदी बजारबाट आइनन रे घर अझै
सामाजिक सन्जाल रङ्गदै गयो के भयो खै आज
पूर्णेकाे रात औशिको रात छैन केही फरक
अत्याचार मात्रै फक्रदै गयो के भयो खै आज
त्यो कोमल दिलमा मायाको रङ्ग के छर्छौ पापी हो
नेपाली समाज मासिदै गयो के भयो खै आज
वारि र पारी जोड्ने फड्के बगाएछ बाढिले
त्यो अटल तमोर उर्लेर गयो के भयो खै आज
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )