~बिशोर राई “आश्रय”~
शिर्षक: रोदनिय भावहरू
१)
आफ्नै घर जलेको रहेछ धुँवा देखियो
मरौ परेको हरेक घरमा जुवा देखियो
जिन्दगीलाई मृत्युपछी पनि बचाउनु छ
सत्कर्म नगरे जीवन उडिजाने भुवा देखियो।
२)
ठेस लाग्दैमा जिन्दगी चोट नसम्झ
बेस लाग्दैमा जिन्दगी नोट नसम्झ
रूगा,मार्गी नलागेको कसलाई छ र
अडेस लाग्दैमा जिन्दगी खोट नसम्झ।
३)
दिन ढल्यो उज्यालोले साँझ दिएर जाँदैछ
हरेक दिन अलिकति शरीर खिएर जाँदैछ
उमेरहरू बढ्दै गए घटेर आउँदैछ आयुहरू
कसैको वसन्त जिएर कसैको पिएर जाँदैछ।
४)
कोशिषले नै सफलता हात पर्छ
हिँडदै जाँदा कति ठाउँ घात पर्छ
चाहँदैमा सफलता कहाँ पाइन्छ र
कोसिस नगरे जिन्दगी मै रात पर्छ।
५)
थुप्रै अप्ठयारो ठाउँहरूमा बिसाएँ जीवन
आफैलाई माया गरि आफैमा रिसाएँ जीवन
बुझ्नै नसकिने पहेलि रहेछ जिन्दगानी यो
कहिले धागोमा कहिले सियोमा सिलाएँ जीवन।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )