~आशांक उपाध्याय~
अचानक समयले नयाँ मोड़ लिए जस्तो
शिशिरमा पनी बशंती बहार आए जस्तो
चित्त दुख्दा कता कता हांसू हांसू लाग्ने
आशुं भित्र सुटुक्क मुस्कान उम्रे जस्तो
अँधेरी रातमा पनि एक्लै एक्लै घूमूं लाग्ने
आफैं भित्र कताकति काउकुती लागे जस्तो
नचिनेको मान्छे पनी आफन्त झै लाग्न लाग्यो
शदियौं देखिको पुरानो नाता हाम्रो भए जस्तो
कतै कंही जांदा पनी कसैलाई खोजी हिड्ने
तिर्खाएको ककाकुलले पानी खोज्न उडे जस्तो
आफ्नै तन कताकती असजिलो लाग्न लाग्यो
यस्तो भान हुनलाग्यो मलाई बैंश आए जस्तो
– सर्लाही, जनकपुर, नेपाल
(स्रोत : रचनाकारको ब्लगबाट सभार)