कविता : दुखको तिहार र छट मानौला चाडवाड अनि……

~ध्रुव गजुरेल~

महाविनासकारी भुकम्पले, ध्वस्तै बनउदा पनि ,
गाउँ टोल सवै रितिएर, शोकै मनाउदा पनि,
एैतिहासकि धरोहरहरु, सवै नासीदा पनि,
मन सम्हात्दै वसेको छु ठुलो विपदमा पनि ।

भारतले मित्र भन्दै, घाटी निमोठदा पनि ,
नाकावन्दी लागाइ, सामान नदिदा पनि,
औषधी विना, घाइतेहरु मारीदा पनि,
स्वभीमान झुक्दैन मेरा,े भृत्युमा रहदा पनि ।

देश शोकमा डुवेको छ, तिहार र छटमा पनि,
नाकावन्दीले अधिकार खोसी, चूल्हो निभाउदा पनि,
खुसी नै के छ र ? के थाप्नु टिका पनि,
देश सहज होस पहिल,े मानैला चाडवाड अनि ।

नाकावन्दी, इन्धन अभाव र सामानै नपाउदा पनि
Phone,Email, Facebook बाटै पनि,
हुन्छ ! मखमली फुल र दुवो पठाउदा पनि,
देश सहज होस पहिले, मानैला चाडवाड अनि ।

झिमिमिली गर्दिन मैले, तिहार र छटमा पनि,
सेलरोटी टोक्दै देउसी र भैलो, खेल्दिन मैले पनि,
दिदि र बहिनी हात खाली हुदा, नरुनु तिमीले पनि,
देश सहज होस पहिल,े मानैला चाडवाड अनि ।

–ध्रुव गजुरेल
तारकेश्वर नगरपालिका ८

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.