गजल : हानथाप चलेको छ

~हीरारत्न श्रीशा~

कस्ले के खाने भन्ने हानथाप चलेको छ
पैसा लुट्ने नेताहरूको नेत्र बलेको छ

सबै जोगि कान चिनेका, कोही छैन राम्रो
जो आँउछ फकाई फुलाई जनता छलेको छ

सत्ताको खेल खेली संविधानको ब्यापार
यहि स्वार्थमा जनताको सपना जलेको छ

बारम्बार प्रलोभनमा चुनाव जिति ठग्ने
ठग नेतामाथिको अब बिश्वाश ढलेको छ

भ्रष्ट बिचार बोकेका स्वार्र्थी नेताहरू
भएर त दिनप्रतिदिन देश गलेको छ

-अर्घाखाँची
हाल कुवेत

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क १६ – March 5, 2014 – २०७० फागुन २१ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.