~लक्षीराम आचार्य~
एउट छुट्टै कोखबाट
प्रसव पीडा सहेर
जन्मिएको हो
अमूल्य प्यारो गणतन्त्र
रोदन र चिच्चाहटबाट
जीवनचक्र पार गर्दै
खित्के हाँसो र बामे सराईसँगै
अगाडि बढ्दै थियो
प्राण प्यारो गणतन्त्र
तर अफसोच बैरीहरूले
उसलाई घायल बनाइदिए
कहिले सिंहदरबार त कहिले शितल निवासबाटै
सारी दिए उसलाई विदेशी भाइरसको विऊ
अनि पलपलमा अचेत पार्दै गए
कहिले रिसोर्ट, रेष्टुरेन्ट र क्याफेहरूमा
त कहिले अपर कर्णाली त कहिले पञ्चेश्वर अनि
एयरमार्सल हुँदै विमानस्थलमा
जवरजस्त उठ्न प्रण गर्छ ऊ
तर फेरि पछार्न थाले
न्यायलय, अख्तियार, निर्दलीयता हुँदै
विप्पा सम्झौताका नाममा
विचरा घ् शैया मै गई थिलो थिलो
पार्दै गए मुडेवलका भरमा
अनि घाँटी थिच्न थाले
नागरिकता, सिन्डीकेट अनि
जाति, भाषा, धर्म, सम्प्रदायका आवरणमा
लाजै नमानी तिनै हत्यारा मलामी बनि
गोहीका आँसु चुहाउँदै बुर्की छर्दै हिंडे
ढाँट्नसम्म ढाँटी सके
धोक्नसम्म धोकी सके
कथित बेदनाको आँसु भनी
निन्याउरो स्वरमा
सालनीपूर्ण मुद्राबाट भन्न थाले
गणतन्त्रको हत्यारा मुर्दावाद
अब चिन्नुपर्छ यहाँ
उसका हत्यारा र रक्षक को हो भनी
अनि मलमपट्टी पाउनेछन् लालबोझी
सुस्ता, ब्रहमदेव र प्यारातालले
विजय जुलुस गर्न पाउनुपर्छ
हिमाल, पहाड, तराई मधेश
कर्णाली अनि सुदुरपश्चिमले
अनि माला पहिरन पाउनुपर्छ
सम्पूर्ण जाति,वर्ण, लिंग क्ष्ँेत्र र
उत्पीडित वर्ग समुदायले
त्यसैले त ब्यूँझिनुपर्छ अब
निदाएका बस्तीहरूले अनि
पर्दाफास गर्नेपर्छ
गणतन्त्रको रक्षकका नाममा भक्षक पनि हिंड्ने
विषालु हत्याराहरूको
अनि साझा घर बनाउनुपर्छ गणतन्त्रलाई
उनको मेरो, हाम्रँे र अरू सबै सबैको ।
–धनगढी, कैलाली
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ३९ – Aug. 21, 2013 – २०७० भाद्र ५ गते, बुधबार)