गजल : थोरै थोरै मरेको छु

~हरि कट्टेल~

आज-भोलि थोरै बाँच्छु थोरै थोरै मरेको छु
मरौँ बाचौँ या के गरौँ दोधारमा परेको छु ।

वैगुनीले साथ छोडिन् जंघारको बीच
आऊ माझी साथ देऊ आधा भेल तरेको छु ।

प्रिय मेरो यात्रा भरि छर्‍यौ काँडै काँडा
तिमी हिड्ने बाटो भरि फूलै फूल छरेको छु ।

बास मागेँ अटाइँन त्रि्रो दिल भित्र
सोध्न छोड खोज्न छोड बास अन्तै सरेको छु ।

एकान्तको बास खोज्छु एकान्तकै आस
बाँचुञ्जेल एकान्तमै बस्ने सोँच गरेको छु ।

सबै आफ्ना उकालोको यात्रा गरुञ्जेल
कोही छैनन् आफ्ना अचेल उँधोतिर झरेको छु ।

नेचा, सोलुखुम्बु ।

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.