वीरकालीन कविता : जनरैल खसम प्रभु !

~सुन्दरानन्द बाँडा~

बलिया हाकिम्ले बल मिचि लियाका सहि भया
कहाँ पाऊँ नीसाप् जनरलविना भूमिभरमा ।
प्रभु स्वामीजीका धरममय अर्द्धागंमुरुती
दुनीयाँका स्रेस्ता दुनिञसित राख्न्या धरमी हुन् ।।१।।

क्षत्री धर्मविषे प्रतापि जनरल् काजी विराज्मान् भया
जन्ले यो जिमि वैरिय निर्जित गरी श्री स्वामीजीका बडा ।
राज्यैश्वर्य्य थमीदिया चहुदिगै मूलुक ् खुसी भै दिया
कोठी लक्ष विती गया नृपहरु क्या कीर्ति उन्‌का थिया ।।२।।

चित्रैचित्र बडा महल् बनिगयो श्रीविश्वकर्मा पनि
चित्रै देखि त चित्तविभ्रम भयो धन्यै छ जन्‌रल् भन्यो ।
दिक्‌पाल्‌हेरु दशै पनि खुसि भया दीदा भया जश् अधिक्
श्री जन्‌रैल खसम् प्रभू विजयते नेपालभूममण्डले ।।३।।

नाना स्तोत्रसुगीतिमंगल महल् बाधै बगैंचा सल्
धारा पनी सरोवरै जल अमल् माछा कछूवा कमल् ।
कह्रारोत्पलकेतकीगलित धूल् त्रैलोक्यका चित्त भूल्
श्रीभीमेशव्रपुण्यभूमि टुडीखेल् धन्यै छ नेपालतल् ।।४।।

वाग्द्धारैद्यखि वाग्मतीकन समाराधन् गरी सत्यले
श्रीकान्तीपुर राजधानिविषये व्यापत् गरी पानीले ।
श्री भीमेशव्र सौ उता हुनुविषे लज्जा बहूतै गरीन्
श्रीजङ्गाजि सरस्वती नदि झइँ पर्खारभित्रै पसीन् ।।५।।

[‘त्रिरत्नसौन्दर्य-गाथा’ बाट]

(स्रोत : ‘बुइँगल’ बाट साभार)

This entry was posted in वीरकालीन कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.