~कौशिला रिसाल~
मायाले चुमेको थेँ ती हात हेर
साक्षी थिए अँध्यारा ती रात हेर
छोड्छौ मलाई केही भन्नु छैन
कस्तो होला – विछोडका ती घात हेर ।
तिम्रो माया मुटुभरि साँचेको छु प्रिया
हरपल त्रि्रो खुशीमा नाचेको छु प्रिया
क्षितिजवारि क्षितिजपारि जहाँ पुगोस् घाम
हरेक क्षण त्रि्रो यादमा बाँचेको छु प्रिया ।
आकाशजस्तै माथि उठ्नुपर्छ अब म
देशका खातिर समुद्रझैँ जुट्नुपर्छ अब म ।
घामजस्तै उज्यालो, विकास लिएर काखमा
गाउँको दुर् दुर् कुनामा पुग्नुपर्छ अब म।।
आफ्नैको विश्वास टुटेपछि के हुन्छ?
पटक पटक नियतिले कुटेपछि के हुन्छ?
कति सोधिरहन्छौ सधैं नबुझेको झै गरेर ?
तनबाट साच्चै मन छुटेपछि के हुन्छ ?