गजल : म अचानो भएछु

~शेखर ‘अस्तित्व’~

समय खुकुरी भो म अचानो भएछु
म आफ्नै शहरमा बिरानो भएछु !

बुवा-आमासंगै गयो मेरो बचपन,
हिजो आज घरको म छानो भएछु !

नयाँ छ जमाना यो पुस्ता नयाँ छ,
नचाहँदा नचाहँदै पुरानो भएछु !

हजुरको मपाईत्वको लाज राख्न,
हिमालय थें पग्लेर सानो भएछु !

गरें जस्को न्वारान् उस्कै नजरमा
म ‘अस्तित्व’बाट फलानो भएछु !

बुटवल–६

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.