~मिरा सङ्कल्प~
आमा धमिलो बार्दलीको
दाहिने कुनापट्टि बसेर
अलि-अलि धुलोले छोपिएका
चारै फ्रेमका फोटा हेरेर,
टोलाइरहनुभएको थियो
सॅगै आॅसु पनि उक्त फोटाको निधार भरि खस्दै थिए,
तप्प-तप्प गरेर,
गलाको पछ्यौरी देब्रे कुमबाट लिएर
फोटाको फ्रेममा अडिएको आसु पुछ्नुभयो।
अनि,
धपक्क बल्यो फोटामा भएका
सबै मुहारहरू
कलिलो घामले पूरै आकाश छाडेर गए जसरी,
दियोमा टिलपिल तेल भएको बत्ति जसरी,
त्यतिकैमा
म मझेरीबाट जुरूक्क उठे,
आमा मेरै नजिक हुनुहुन्थ्यो
नजरको पहिलो झोक्का पनि आमाकै
परिवेशमा पुग्यो।
देख्ने वित्तिकै हतार-हतार मैले भने
“आमा!! तपाइको आॅखामा आॅसु!”
तब,
आमा झस्किनु भयो
केही अलमलिए जसरी
अलि अत्तालिए जसरी, फोटा मिलाउदै
पछ्यौरी काॅधमा राख्ने वहानामा
भन्नुभयो
(हत्केलाको पाचै औॅलाले आखाको डिल सुमसुम्याउदै)
हॅ!!केही हैन
मैले भने,हेर्नुस आमा!
म तपाइकै सन्तान हुॅ
मनभित्र कुरा किन लुकाउदै हुनुहुन्छ?
के म प्रति तपाइलाई विश्वास छैन?
केही छिनको मौनतापछि, आमाले
थोरै पश्चाताप अनि धेरै हर्षका आॅसु पुछ्दै भन्नुभयो
हो बाबु!
म केही भन्न चाहिरहेकी छु।
मन हलुका बनाउन खोजिरहेछु।
तर,
मैले भेटेका शब्दहरूमा भन्ने कुरा अटाउनै सकिन
हर्ष,पश्चाताप,खुसी,गर्व
सबचिज मिसिएर खसेका आॅसु हुन् यी
आमाले पुन:फोटाहरू छुदै भन्नुभयो
“यीनै हुन् बाबु!सिङ्गो राष्ट्रकै अमर सन्तानहरू”
हेर् नानी
यीनैले हुन् देशका लागि
दुई थोपा तातो रगत मात्र दिएनन्
सङ्घर्षलाई छिमोल्दै पसिना बगाएर कमाएका
कमाइ मात्र पनि दिएनन् र
वचन मात्र पनि दिएनन्।
दिए त केवल!!सिङ्गो देशको लागि
सिङ्गो जीवनको वलिदान!!
किनकि,
उनको आत्मामा उनैलाई हुर्काउने
माटोको प्रेम थियो
नौ-नौ महिनासम्म कोखमा
राखेर जन्माउने आमाको सम्मान थियो
निरङ्कुशता ढाल्ने वचनको हतियार थियो।
सिङ्गो राष्ट्रको मुहारमा
विकास र स्वतन्त्रता हेर्न चाहन्थे
र त आज अलिकति भए पनि
हाम्रो ओठमा हाॅसो छ।
हुनुपर्ने र गर्नुपर्ने धेरै बाॅकी छ।
र पनि चेहेरामा शान्ति छ।
अब,
तिमी नै भन् त!!
कुन शव्दले वर्णन गरौ यी कुरालाई
कतै सुनेको थिए,
वचनले भन्न नसक्ने कुरा आखाले भन्दछ,
त्यसमा मुख्य भूमिका आॅसुको रहन्छ।
(केही भक्कानिएर) हो बाबु!!
मुठ्ठीमा माटो समाउदै छातीमा हात राखेर भन्दछु,
यीनै हुन् मेरा सन्तान
अमर सहिद!
जो,
एक पटक मरेर पनि सॅधै बाचिरहेछन्
अब
तिमीले चाहि प्रण गर्छौ कि गर्दैनौ?
सहिदको सपना साकार बनाउन।
-मिरा सङ्कल्प, सिन्धुली
(स्रोत : छलफलविक्ली डट कम)