~चिरञ्जीवी आचार्य~
“रमेश ! ए रमेश !! हैन यो केटालाई ढोका खोल्न पनिकति बेर लाग्छ हँ?”
बाहिरबाट आएको आवाजले रमेश झस्किन्छ र हत्तपत्त ढोका खोल्छ ।
“के भयो किन ढोका खोल्न धेरै बेर लगाएको ?” ढोका खोल्नेबित्तिकै रमेशमाथि बाबुको अर्को प्रश्न तेर्सिन्छ । निन्याउरो अनुहार लगाएर बसेको रमेश केही बोल्दैन ।
“के भयो किन बोल्दैनस्, तँ आज काममा नगएको ?” लगातारको तेस्रो प्रश्नमा भने रमेश उत्तर दिन बाध्य हुन्छ र विस्तारै भन्छ – आज मन लागेन ।
सायद बाबुलाई उसमाथि अर्को प्रश्न थप्न मन लाग्दैन, “खै के हुन्छ यो केटालाई, मन लागेन भनेर काममा नगई बस्छ” गुनगुनाउँदै बाबु अर्को कोठामा पस्छन् ।
त्यति बेलासम्म रमेशलाई बाबुले यो काम गर र काममा देखिएको यो समस्यालाई यसरी पार लगाएस् भनेर सिकाउनुपरेको छैन, त्यसैले रमेशले गरेको काम ठीकै होला भन्ने विश्वास गर्छन् । त्यसैले उसलाई धेरै प्रश्न गरेर तनाव बढाउन बाबुलाई मन लाग्दैन । यद्यपि आजकाल रमेशको अवस्था भने ठीक नभएको प्रष्ट देखिन्छ तर उसको कार्यव्यस्तताको कारण बाबुले उसलाई आफ्नै बाबुले पनि लामो समयसम्म कुरा गर्न पाएका छैनन् ।
केही समयदेखि रमेश कामबाट फर्केपछि हाँसो, ठट्टा र रमाइलोभन्दा टाढै बस्न थालेको छ । पहिला उसको हाँसो रोक्नकालागिबाबुले ४÷५ पटकसम्म चेतावनीदिनुपथ्र्यो तर अहिले आएको र नआएको थाहापाउनउसको ओछ्यान हेर्नुपर्ने भइसकेको छ । रमेशलाई के भएको छ भनेर बाबुलाई चिन्ता परे पनिउनले घरका अरुसँग केही कुरा गरेका छैनन् ।
सायद कामको तनाव बढी भयो होलाभन्ने उनलाई लागेको हुनुपर्छ ।
बाबु घरमा आएको लामो समयसम्म पनि रमेश मौन छ र एकोहोरो टोलाइरहेको छ । बाबु झसङ्ग हुन्छन् । कहिलेकाहीँ रमेशलाई धेरै कराउँछस् ? भनेर हप्काउने गर्थे । रमेश नीति, संस्कार, सोच र भविष्यको योजना, ज्ञान विज्ञान जुनसुकै क्षेत्रमा पनि लामो समयसम्म तथ्य र विश्लेषण दिन सक्थ्यो । उसका कुराहरु सुन्न दिक्दार भएपछि बाबुले भन्ने गर्थे, “यो केटाको मुख कसैले थुनिदियो भने पनि अन्त कतैबाट बोल्छजस्तो लाग्छ मलाई …..”
आजको वातावरण बिल्कुल फरक छ । उसका सबै बोलीहरु हराएका छन् भने सधैं प्रसन्न मुद्रामा रहने मुहार निन्याउरो देखिन्छ र धेरै क्षेत्रमा एकैसाथ चल्ने उसको दिमाग एकोहोरो छ । “ओई सुन् त !, मलाई तेरो काकाको घरसम्म पु¥याइदे त ! अब तँ घरमै रहेछस्, म के गाडीमा गइराख्नु ? खोइ के काम पर्यो भन्दै थ्यो ।” रमेश केही बोल्दैन खालि मौन स्वीकृति दिन्छ । “ल ल छिटो गर्” बाबु हिँड्ने तयारी गर्छन् ।
रमेशको काकाको घर पुग्न त्यस्तै ३० मिनेट मोटरसाइकलमा लाग्छ । गाडीमा जाँदा एक घण्टाभन्दा बढी समय लाग्ने भएकाले रमेशलाई बाबुले आग्रह गरेका थिए । आज रमेश काममा नगएको मौका बाबुलाई मिलेको थियो । मोटरसाइकलमा घरबाट केही पर पुगेपछि रमेशले सोध्छ, “तपाइँलाई एउटा कुरा भनूँ ?”
“के कुरा नि !, तँलाई पनि थाहा नभएको भनेपछि गाह्रै कुरा रहेछ क्यारे…” बाबु ठट्टा गर्न खोज्छन् ।
“मन मार्नेलाई पाप लाग्छ कि लाग्दैन बुबा?” मधुर स्वरमा रमेशको प्रश्न सुनिन्छ ।
“उसको उत्तर सोझो ढङ्गले नदिने निष्कर्षमा पुगेका बाबुले भन्छन् – मन मार्ने अवसर कसैलाई दिनु नै हुँदैन । मनलाई आफ्नो नियन्त्रणमा राख्न सक्नुपर्छ ।
“नियन्त्रणमा राख्ने भनेको के हो ?” आज त्यसै यो विषयलाई छाड्ने पक्षमा रमेश देखिँदैन ।
“नियन्त्रणमा राख्ने भनेको आफूले पाउने र पाउनका लागि योग्य भएको कुरामा मात्र आशा राख्ने र सही र गलतलाई राम्रोसँग बुझेर मात्र त्यसमा आफ्नो मन लगाउने नि”बाबु यस विषयमा खासै कुरा नगर्ने पक्षमा अडिग छन् ।
“त्यसो भए मन मार्नचाहिँ पाइन्छ ?”, रमेश ढिपी गर्न खोज्छ । बाबुलाई अलि अप्ठ्यारोमा परेजस्तो अनुभव हुन्छ र सहजै पन्छिने गरी भन्छन् – तँ आफैं सबै कुरा जानेको छस् त । अध्ययन गर् के रहेछ थाहा पाइहाल्छस् नि …….. !
अब रमेश चुप हुन्छ । उसलाई आफ्नो द्विविधा शान्त नहुने निश्चित हुन्छ । केही समयमा उनीहरु काकाको घरमा पुग्छन् ।
बाबु र काका आफ्नो कामको विषयमा कुरा गर्न थाल्छन् । रमेश भने मोबाइल र झोला कतै फ्याँकेर एकान्तमा टोलाइरहेको हुन्छ । यत्तिकैमा काकाकी छोरी ऋतुको आवाज आउँछ – दादा ! यो कसको फोटो नि ? उसले अघिदेखि नै रमेशको मोबाइल चलाइरहेकी थिई । उसले एउटा केटीको फोटो देखाउँछे, जुन केटीलाई रमेशले धेरै नै चाहन्थ्यो ।
“यो केटीले मलाई धेरै नै तनाव दिइसकी”, एक्कासी रमेशको यस्तो वाक्य फुत्किन्छ । धेरै कुरा बुझेको मान्छेको बारेमा कुरा गर्दा ऋतुको कहिल्यै नछुटाउने नाम हो – रमेश । त्यसैले रमेश उक्त केटीको प्रेममा छ पनि हुनसक्छ भन्ने कुरामा उसको ध्यान पनि जाँदैन ।
“अनि किन यस्को फोटो राख्नुभएको नि मोबाइलमा ?”, उसले फेरि प्रश्न गर्छे । “अँ….. त्यत्तिकै” रमेश त्यति राम्रो बोल्दैन ।
“यस्ता केटीहरुको फोटो राख्नुहुन्न मोबाइलमा…….. डुबाउँछन् यिनीहरुले……… मैले सबै फोटो डिलिट हान्दिएँ ।”
ऋतु अन्जान थिई कि त्यो फोटो उसको दाजुको मनमा कसैले पनि मेट्न नसक्ने गरी टाँसिएको थियो । रमेश बहिनीको यो कार्यमा कुनै हस्तक्षेप नगरी मनमनै भन्छ, “यो ग्यालरीको फोटोजस्तै मनमा सजाइएको कसैको याद पनि सहजै मेटाउन सक्ने भए संसारमा धेरै मानिसहरु सुखी हुन्थे होला …. ।।”
“दाइ म वाइफाइ अन गर्छु है हेर्नु न मेरो मोबाइल नै अस्तिदेखि बिग्रिरहेको छ भन्या …. ।” उसले अघिदेखि पछि लाग्नुको भेद खोल्छे । रमेश केही झस्किन्छ अनि अलि सम्हालिएर भन्छ,– खै ले म खोलिदिन्छु तेरो आईडी ।
रमेश आफ्नो मोबाइलका फोटोहरु हेरिसकेकी बहिनीले म्यासेन्जरको म्यासेज नदेखोस् भन्ने लाग्छ । उसले वाइफाइ अन गरेपछि सबैभन्दा पहिला उक्त केटीसँगको सबै कुराकानीहरु हटाउँछ र बहिनीले दाजुको यो कार्य हेरिरहे पनि तर केही प्रतिक्रिया दिन्न । म्यासेज डिलेट गरेपछि ढुक्क भएर मोबाइल दिँदै भन्छ – “मेरो आईडी अलआउट गर्, अनि चला ।”
मोबाइल हात लाग्ना साथ उसले सोध्छे – दादा अघि त्यो म्यासेज डिलिट गरेको केटीको नाम के रे ?
उसको प्रश्नको गलत उत्तर दिनु रमेशको लागि निरर्थक थियो किनकि उसले अघि नै उसको नाम देखिसकेकी थिई । उसले केही समय मोबाइल चलाएपछि फिर्ता दिँदै भन्छे, “दाइ मैले त्यो केटीलाई तपाइँको आईडीबाट ब्लक हान्देको छु है ।”
“किन ब्लक हानेकी त ? जान्ने भएर” रमेश रिसाउँछ ।
“यसले तनाव देकी छे भन्या हैन, अब ढुक्क भए हुन्छ, यसले सताउँदिन”, उसले सहज स्पष्टीकरण दिन्छे । रमेश केही बोल्दैन …… । “कुनै बाटोमा हिँड्दा अनावश्यक दुःख हुन्छ भने बाटो परिवर्तन गर्नु एकमात्र विकल्प हो…. यो तपार्इँकै नीति हैन दाजु ?” रमेशको मौनताको कारण बुझ्दै उसले थप्छे । “अँ हो, त्यस्तो केही छैन”, रमेश फिस्स हाँस्दै भन्छ ।
रमेश वास्तवमा दुःखी थियो । उसलाई त्यो केटीलाई ब्लक गर्दा निकै दुःख लागेको थियो तर केटीले उसलाई आजसम्म कसैले नगरेको बेवास्ताले उसको तनाव दिनानुदिन बढ्दै थियो । अब भने उसको लागि महत्वपूर्ण आधार मानिएका क्षेत्रहरुबाट केटीप्रतिको सम्बन्ध सकिइसकेको थियो ।
“सायद अब उसको संसार पनि ध्वस्त हुँदै छ् , पहिला मेरो प्रत्येक गतिविधिमा उसकै राज हुन्थ्यो, आज उसको स्थान केवल मनमा आएर अड्किएको छ ……. !”
रमेश पुनः टोलाउन थाल्छ, “सायद, मायाको ह्यांगओभर यस्तै हुन्छ ।