कविता : हाम्रो भाग्यदाता

~मोहन सिटौला~

नेपाल मेरो, सवको पियारो
फारी धेरै दुख अघी बढेको
आयो नयाँ काल षड्यन्त्र तोडी
स्वतन्त्र—विकाश मितेरी जोडी
समाज होस् उत्तम स्थान मानको
समान सम्मान र न्याय, धर्मको
पियारमा चल्दछ पुर्ण कर्म नै
स्वधर्मका मानव—मूल्य मर्ममै
प्रफुल्ल हुन्छन् र खुलस्त खुल्दछन् ।

सजीव सौन्दर्य सत्यार्थमा वसुन्
र सत्य, सौन्दर्य जीवन्त नित्य हुन्
महेशमा नित्य आनन्दमा रहुन्
शिवत्व, सौन्दर्य र सत्य साथ हुन्
र जीवनी नित्य, सुशान्त, कान्त हुन् !
मनुष्यको चिन्तन स्वच्छ चित्तको
सुधांशुको सुन्दर चाहना छ जो
सु-सिर्जना चेत र प्रेम विश्वको
त्यहीं रहन्छ मृदुबास ईशको !

दया करुणा र कल्याण प्रीतको
जनार्दनै बस्छ रे सूक्ष्म चित्तको
फिंर्जाछ रे व्यापक चित्त वेसको
जनादर्न प्रेय र श्रेय भावको
छ तत्व जो हो जनतासितै छ त्यो !
त्यहाँं छ सौजन्य र हित्त चित्त नै
जहाँ छ मायाँ ममता रमाउने
जहाँ पियारा यिनि तत्व रम्दछन्
सिर्जना, शान्ति र सुक्ख खुल्दछन्
झापा , रुकुम्, दाङ र आठराई
सर्लाही, खोटाङ् सव भाई भाई
सन्तान सारा र नेपालमाता
मितेरी हाम्रो मृदु भाग्य दाता !

मोहन सिटौला
अष्टिन टेक्सास

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.