गजल : गुरुलाई नमन

~आनन्द पोखरेल~

सावाँ अक्षर सिकायौ, गुरुलाई नमन ।
सबै ठाउँमा टिकायौ, गुरुलाई नमन ।।

सम्पूर्ण गुरुहरुको, यादले सताउँछ सँधै ।
अज्ञानता सबै झिकायौ, गुरुलाई नमन ।।

मैले लेख्न नजाँन्दा, कैले भनेको नमान्दा ।
हात समाउँदै लेखायौ, गुरुलाई नमन ।।

कतै लडबडाइ, बाटो विराउन खोज्दा ।
उज्यालो बाटो देखायौ, गुरुलाई नमन ।।

गरियो होला गालि , अन्जान मै भए पनि ।
आनन्दका सबै गल्ती मेटायौ, गुरुलाई नमन ।।

– नवलपुर, मध्यविन्दु-३, नवलपरासी
बसाईँ : भरतपुर

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.