कविता : स्कुलको मृत्यु

~जीवनस्पर्शी~

आज स्कुल मरेको छ
यो अचेत अचेत लम्पसार छ
फगत फलामे गेटदेखी सुनसान लाइब्रेरीसम्म ।

स्कुल
ज्ञान निर्माण गर्दैन
लम्पसार छ
अक्षरहरुको सेतो पानामा
स्कुल
नया बाटो पहिल्याउदैन
लम्पसार छ
उहीँ पुरानो र उस्तै ढरराको
उजाड उजाड निर्जीव मसानघाटमा
स्कुल
नव प्रबर्तनका गित गाउदैन
लम्पसार छ
बिना चरिको चिर्बिर आवाजमा
अनि
संगीतबिनाको धुनमा ।

एक हुल मान्छेहरु
स्कुल बाचेको हल्ला फिजाइरहेछ्न
तर
स्कुल बाचेको भए
खोइ सप्तरङ्गी इन्द्रेणी ?
जहाँ प्रतिभाहरु रङ्गिएको होस
स्कुल बाचेको भए
खोइ सुन्दर वसन्त ?
जहाँ अबोध कोपिलाहरु फकृएको होस
बरु स्कुल
मृत शरीरझै
मौन अनुशासन जन्माइरहेछ
निर्जीव मेसिनझै
एकोहोरो फोटोकपी गरिरहेछ

आज स्कुल मरेको छ
यो अचेत अचेत लम्पसार छ
फगत फलामे गेटदेखी सुनसान लाइब्रेरीसम्म ।

– २०७५/१०/१८
जीवनस्पर्शी
बर्दिबास

(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.