~गुरुप्रसाद कुमाल ‘बुलबुल’~
तिम्रो आँखा भएर के गर्नु
पृथ्वीनारायणलाई मात्रै बडामहाराज देख्याै,
बिसे नगर्चीलाई देखेनाै ।
कलम,
तिम्रो हातमा भएर के गर्नु
भानुभक्तलाई मात्रै महान देख्याै,
घाँसीलाई चिनेनाै ।
बस्
तिम्ले त यत्ति देख्याै,
तिम्रो पाउकाे जुत्ता सिइरहने बिसेहरु
अनि देख्याै,
तिम्रो गाेठकाे वस्तुभाउ पाल्ने घाँसीहरु ।
तिमीले नदेखे पनि
तिमीले नचिने पनि
अब युग फेरिएको छ ।
बालीघरे चल्दैन अब,
तीन पाथी धान र मकैमा ।
नअाउनु बालाई फकाउन मेरो घरमा
नअाउनु माघीमा ठर्रा लिएर ।
तिम्रो घरमा म बस्दैन गाेठालाे बनेर
म बस्दैन घाँसी बनेर ।
म सिउदिन कसैको जुत्ता बिसे बनेर ।
किनकि ‘बिसे’ र ‘घाँसी’हरुकाे इतिहास लेखिन्न ।
–लमही नगरपालिका-४ सेमरहवा,
देउखुरी–दाङ
लाेक भावना अंक-४१ मा प्रकाशित
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )