~ध्रुव गजुरेल~
साउनको ब्रत
पहेंलो चूरा
साउँन महिनामा
हरीयो बस्त्र ।
खुशी भएका
सजाउँदै आफुले
आफु नै दंग ।
शिवको लीङ्ग
पवीत्र हुन गएको
नारीको लागी ।
जात्रा लागेको
सोमवारको दिन
शिव मन्दिर ।
नाँचगाँनमा
रमाएका महीला
गिंत गाउँदै ।
पतिको लागी
सोमवारको ब्रत
बस्दै आएका ।
दिर्घायू होस
मेरो श्रीमान्को भन्दै
हात जोडेका ।
रिगंटा लाग्यो
पानी पनि नखादा
ढलीन उनी ।
ढलेर उनी
बेहोश भएकीले
अस्पतालमा ।
फोन गरेका
पतिको नम्वरमा
उठेन फोन ।
कसको फोन
उठाउँदीन म त
यस्तो आनन्द ।
सानीको भट्टी
मासुको सीतनमा
मख्ख परेका ।
धेरै पटक
मोवाइल बजेर
हलो भनेका ।
तुरुन्त आउ
अस्पतालमा तिमि
भाउज्यू लिन ।
धोकेर रक्सि
भन्दैछ फुलमती
थप गिलास ।
टाढा छु म
आउन भ्याउँदिन
लिएर आउँ ।
जड्या बुढाको
आयुले के गर्ला र
सोझी श्रीमती ।
बुझुन् नारीले
कस्ता श्रीमान्को लागी
बस्ने हो ब्रत ?
–ध्रुव गजुरेल
तारकेश्वर नगरपालिका ८