~दीपक कुमार ज्ञवाली~
अति ताप दियौ
अति राप दियौ
अनि घातमा रमायौ
आऊँथ्यौ काखमा
गोधुली साँझमा
खोलेर दन्तहार
उषाको लालीले सुम्मसुम्याउँदा
खुल्दथ्यो नजर
म त मर्यादामा रहने
तोडीन मर्यादा
त्यो लामो केशले
अनुहार छोप्दै
अधर जोड्दै
भन्दथ्यौ पबित्र प्यार यो
म हराऊँथे कता कता
भन्दै रमाईलो संसार यो
आखीर रहीछौ
पानी को फोका
के थाहा मलाई
दिनु रहेछ धोका
किन गर्यौ नाटक
मायालु भन्दै
मायालु शब्दलाई
बिटुलो बनाई
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )