कविता : रुवाउछ

~रीता सञ्जेल~

सृष्टिको सृजना रहस्य केही त छ
जन्म किन अन्त्यसँग जोडिएछ
दुनियाँ त आज रमिता न हेर्ने रहेछ
थाहा छ मृत्यु ढिलोचाडो अकाट्य छ
कारण अकाट्य केही कमजोरी बनिदिन्छ ।

बिस्तारै भुलिदिने बहाना चल्छ
कोहिको आखामा पानी पर्छ
धेरैको ओठका खुशी झर्छ
बिक्षिप्त मन पलपल टुट्छ
कारण उही मृत्यु बनिदिन्छ ।

गुणगान समाप्ति पछि अधिक चल्छ
ज्युदो जियाइ केवल शुन्य भैदिन्छ
अन्त्यपछि अनेकौं उपाधिले किचिदिइन्छ
नामकै पनि त मोलमोलाइ चलाइन्छ
व्यक्त भावका केही कारण त स्वार्थ बन्छ ।

अशलियतमा सदा खोट देखाइन्छ
बाध्यता पारिस्थितिक अनेकौं चोट सहिन्छ
संयोगले सम्वेदना वहानामा भनिन्छ
शब्द विषले पलपल ज्युदै मारिन्छ
हरेक सिकाइमा मानवता बुझाइन्छ ।

चारैतिरबाट जोरजाम गरिन्छ
कहदै हितमा सबैको हुनुपर्छ
भिडबिच उभ्याइ फेरिपनी एक्लाइन्छ
मिसाइ केलाइ सबमाझ छुट्टयाइन्छ
नफर्कने स्मृतिमा संवेदना पलपल रुवाउछ

रीता सञ्जेल, ललितपुर

(स्रोत : छलफलविक्ली डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

1 Response to कविता : रुवाउछ

  1. maheshkarki says:

    Hi ma Mahesh Karki hala Bangalore bata India

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.