~उद्धव सिलवाल~
जून हेरे जून राम्रो घाम हेरे घाम राम्रो
सीतालाई वन छोड्ने कठै हाम्रो राम राम्रो
त्याग भन्दा अरु ठूलो आविस्कार भएछ कि ?
अर्कालाई अफ्ठेरोमा पार्ने मात्रै काम राम्रो
बोलि वचन शिष्टताको कथन फगत ईतिहास भो
शक्ति धन वा प्रलोभनले चलिराछ गाम हाम्रो
आफु माथी उठ्नालाई अरुलाई झार्नै पर्ने
शिक्षा दीक्षा उपदेश बस छल छाम हाम्रो
युद्द जित्न बर्षौ बर्ष किन उमेर खेर फाल्नु
हिजो आज चालिराछ एकराते जाम हाम्रो