कविता : सहिद र समय

~आविष्कार कला~

कोतपर्वले जग हालेको
शासनका लागि मात्रै होइन
इतिहास देखिको थिचोमिचो
१९०३ भन्दा पुर्वको
असमानता
अमानवीयता

अपराधको राज्य
गर्लामै ढाल्न
मनमा आँट भएकाहरु जुट्दै थिए ।

जब आँटले बोलिको रुप लियो
शासकको जगमा
१९८० पछिको
ठुलो मानवीय भुकम्प गयो
रुसमा जारले हावा खाएको कुरा
नौजवानहरुको कानमा परिरहन्थ्यो
तर
शासक
जारले झै जनता पिस्ने कुरा गर्थो ।

१९०३ देखिको शासन
मक्किसकेको थियो
त्यस भन्दा पहिलाको त झन कति कति
अन्यायले मक्किएको
शासनको पर्खाल भत्काउन
जवानहरु आवाज निकाले ।

जनताको छातिमा गोलि
घाँटीमा फासी दिएर
अन्यायले आफ्नो शासनको
नविकरण गर्न खोज्यो
नौजवानहरुको बोलि
शासकको गोलि भन्दा तेज वन्यो
१९९७ मा जनताको बोलिको गर्भ बस्यो
गर्भ वस्दै गर्दा चार सपुतले
छाति दिए
घाँटी दिए
रगत दिए
प्राण पनि
त्यहि गर्भले
१० बर्ष पछि पर्खाल त ढालियो ।

इट्टाहरु ढुङ्गाहरु माटोहरु
उनै प्रयोग गरि
नयाँ जग हालियो
जगको संरचना पुरै कमजोर बन्यो
फेरि १० बर्षमा
त्यो जग स्थानान्तरण भयो षड्यन्त्रमा ।

षड्यन्त्रको जगमा बनेको पर्खालमा
बाहिर पेन्टिङ गर्दै
मक्किएका ईट्टाबाटै
३० बर्ष एउटा पर्खाल चल्यो
सुईय सुईय स्वास फेरि फेरि ।

जनताले फेरि छाति दिए
सत्ता नवीकरणको बाधक बनेर
पर्खाल ढल्यो
तर
अबशेषहरु बाकी रहे ।

अबशेष संग मिसिनेहरु
जनताको छातिको आवाज बोल्नेहरु
अलि अलि कित्ताकाट हुदै
अबशेष हटाउन सुरु भयो
१९०३ भन्दा पहिलाको ।

यो बलवान समयले
के दियो
शिक्षा
वा
षड्यन्त्र मात्रै
ए समय
त साच्चिकै बलवान् छस भने
ती सहिदहरुको भावना कहिले पूरा हुन्छ
सहिद भएको चौरासि वर्षमा
वा
सतवार्षिकि पछि ।

प्रजातन्त्र हुदै यात्रा गणतन्त्रमा पुग्यो
सहिदले देखाएको बाटोमा
हिड्दै गर्दा
बिसौ हजार सहिद भए
ए समय अब त बोल्नै पर्छ
साच्चै
ति सहिदहरुको
सपना
भावना
कामना
चाहाना
पूरा गर्न
अझै कति हजार सहिद
अनि कति बर्ष कुर्नु पर्छ

– मल्लरानी ३, प्यूठान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.