गीत : जुनका किरणहरूले प्रेमपत्र

~किरण खरेल~

जुनका किरणहरूले प्रेमपत्र लेख्दैछु म
फुलका कलिला पातमा खोजिदिनु है यसलाई
भोलि सबेरै तिमीले खोलिदिनु है यसलाई
जुनका किरणहरूले प्रेमपत्र लेख्दैछु म

धेरै भयो हजुरको केही खबर मिलेन
मेरो लागि मिर्मिरेमा लाली उशा खुलेन
ए हजुर
ए हजुर रिसायौ कि कसो
किन यसरी भुलेको
ती आँखामा मेरो तस्बिर भन छैन कि खुलेको
जुनका किरणहरूले प्रेमपत्र लेख्दैछु म

चिठ्ठी पठाउँछु भन्थ्यौ चिठ्ठी पनि पठाइनौ
सपनामा भेट्छु भन्थ्यौ सपनामा पनि आइनौ
ए हजुर
ए हजुर म बाँच्न सक्दिन
तिम्रो चिठ्ठी नपाए
म बोल्ने छैन पक्कै भोलि सपनामा नआए
जुनका किरणहरूले प्रेमपत्र लेख्दैछु म

रचना : किरण खरेल
सङ्गीत : चन्द्र राज शर्मा
स्वर : माणिकरत्न

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.