गजल : परदेश लागें बाध्यताले

~कमला दाहाल~

घर घडेरी बन्धक राखी परदेश लागें बाध्यताले
देवी देउराली भाकी प्रदेश लागें बाध्यताले

यसो गरें उसो गरें हात लाग्यो मात्रै शुन्य
बिकल्पै रहेन बाकि परदेश लागें बाध्यताले

युवालाई काम दिन्छु भन्दै थियो सरकार त
खोज्दा खोज्दै आँफै थाकी परदेश लागें बाध्यताले

आफ्नै देशको जडिबुटी बनमारा झैं बने पछि
बिषै फल्ने रुख ताकि परदेश लागें बाध्यताले

जागिर माग्दा प्रशासनले थमाऊछ राहादानी
नसर्माई हाका हाकी प्रदेश लागें बाध्यताले

मौका पाए मेरै देशमा सक्थें सुन फलाउन
मनमा तितो स्वाद चाखि परदेश लागें बाध्यताले

(स्रोत : छलफलविक्ली डट कम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.