कविता : सपनाको आतङ्क

~अर्जुन दाहाल “अपवाद”~

धेरै भयो
अनिँदोमा रात वितेको
सपनाहरुसँगको भेट
पातालिएर गएको
अनि
चिसो आच्छ्यानसंग सुतेको ।

खै कसरी हो
अघिल्लो रातमा
थाहै नपाइ निदाइएछ
दुखेको देश विर्सेर
अस्तव्यस्त समाज विर्सेर
अनि
आफ्नै सुन्दर भविश्य विर्सेर ।

मसँगै सुतेछन
सहिदका सपना
विद्धानका विपना

कहाली लाग्दा विगतका सम्झना ।

सपनाको क्रम सुरु भयो
पृथ्वीनारायण भक्कानीएर रोए
आफ्नो मनको बह फोए
सबै नेपालीलाई भन्दै
एउटा खवर छोडे
मेरो शालीक झै
देश हराउन नदिनु
पराइका झण्डा फहराउन नदिनु ।

सपनाको अर्को अंशमा
सेतो बुर्काले छोपिएर डढेको शरिरसंगै
विरगञ्जकी काजोल खातुन
प्रश्न वर्साउछिन ममाथी
के छ नयाँ नेपालमा
प्रगती र उन्नती कस्तो छ ?

उत्तरहरुका अभावमा
म मौन रहें ।

फेरी ओकलीन वेदनालाई
हिजो मलाइृे जलाउनेहरु
आज देश जलाँउदै छन
एक ढिक्का समाजलाई
सबै मिलेर गलााँउदै छन ।

अचेत छु म बोलुँ भने
तिमी अनि
तिमी जस्तै सचेतहरु किन नबोलेका ?
जवाफ चाहियो मलाई
कहिले हो बोल्ने बेला ?

मिर्गे–५, चिलाउनेखर्क दोलखा
apawad@hotmail.com

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.