~महेश्वर नेपाल~
खडेरी परेकोत्योगाउँका
असंख्य तृषित्अनुहारहरु
आकाशगंगा तिर हेर्दै
झरि पर्ने आशामा
छटपटाई रहेछन
यहि खडेरीका कारण
मृग तृषित देहहरु
कयौं अनगिन्ति अनुहारहरु
अरेबियन सागर देखि
कोलम्बसको गाउ“ सम्म
प्यास मेटाउने बहानामा
दौड धुप गर्दैछन् तिनै दौड धुपगर्ने असंख्य मुहारहरु
कहिले झमझमी झरी पर्ला
र,
आफ्नै भुमी हरियाली बनाउन पाइएला
भन्दै आशाको सानो त्यान्द्रो लिएर
घरि यता घरि उता भौंतारीरहेछन
बिडम्बन्ँँ,
उता खडेरी परेका गाउँमा
बिजुली चम्कदैछ अरे
मेघ गर्जदै छ अरे
केहि खुसीका रेखाहरु
अन्जान अनुहार भरि झल्कन्छन
तर ति सबै ब्यर्थ हुन्छ
त्यो खडेरि परेको गाउँमा
अचेल जहिले सुकै पनि
मेघ गर्जन्छ बिजुलि चम्कन्छ
तर,
आकाश सधैं सफा देखिन्छ
झरि पर्नलाई त
आकाशमा कालो बादल मडारिनु पर्ने
थोरै हावा हुरी चल्नु पर्ने
तर त्यो देशको आकाशमा
काकाकुलहरु रम्दै छन् तिनीहरुलाई झरि संग सरोकारै छैन
मैले बिगत साढे दुईबर्ष देखि
देख्दै छु सफा आकाश
तै पनि त्यो देशका
असंख्य अनुहारहरु
झरि पर्ने आशामा
आकाशतिर नियाली रहेछन्
काभ्रे
हाल : दोहा कतार