~जीवनस्पर्शी~
रोज डेको
रातो गुलाफले
लजाएर रातो भए
प्रपोज डेको
प्रेम प्रस्तावले
पग्लिएर पागल भए
चकलेट डेको
एउटा चकलेटले
भुली आफै चन्चलिए
टेडि डेको
महङ्गो टेडिले
अभाव त्यसै भुली दिए
प्रमिस डेको
अथाहा प्रमिसले
आफ्नो लक्ष्य कुल्ची दिए
हग डेको
न्यानो अङ्गालोले
सारा बन्धन तोडि दिए
किस डेको
सेक्सी किसले
घरको बार फोडी दिए
भ्यालेन्टाएन डेको
अन्धो प्रेमले
मेचि बोर्डर छोडी दिए !!!
जीवनस्पर्शी
बर्दिबास
(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )