~दीपक कुमार ज्ञवाली~
केटाः
जुनतारा नखोज
त्यो क्षीतीज पारी छ
म मानव धर्तिको
क्षितीजमा कसरी पुग्न सक्छु र
मायाको गहीराई
अञ्जुली ले उघाई
पिलाऊँछु तिमीलाई
मायारुपी अमृत
केटी
अञ्जुलीको माया त मेरो आफ्नै हो
मायालाई सजाऊन खोजेको जुनतारा
हे मेरो पियार लौ हेर क्षीतीज
कति सुन्दर ति जुन तारा
शिरमा उनौंंला एकएक गरेर
देख्नेछन् दुनियाँले
हाम्रो पबित्र पियार
केटा
भो भो जीद्दी नगर
खाली छ क्षितीज
मायालाई नतौल
जुनतारा सित
म मानव धरतिको
म दिन्छु पियार
पुर्णेको जुन झैं
छ तिम्रो मुहार
पिल पिल तारा झैं
भयो मन चञ्चल
जुनतारा नखोज
त्यो क्षीतीज पारी छ
आँखाको नानीमा
यो प्यार हाजीर छ
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )